सुनसरी : विश्वका विभिन्न देशमा देखिएको ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ड ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानामा गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ ।
सीमानको नाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट विधिबाट कोरोना परीक्षण गरि नजिता पोजेटिभ आए नमुना पुन: परीक्षाका लागि केन्द्रीय प्रयोशालामा पठाउने व्यवस्था गरिएको छ ।
“सीमान नाका हुँदै भित्रीने यात्रुको एन्जिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभका लागि आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौँ” जिल्लामा स्वास्थ्य कार्यलय कञ्चनपुरका स्वास्थ्य प्रमुख शिवराज सुनारले भनेका छन् ।
कोरोनाको नयाँ भेरियन्ड ओमिक्रोन भारत जस्ता मुलुकमा देखा परेपछि नमूना परीक्षणा गर्ने केन्द्रीय प्रयोगशामालामा पठाइने गरिएको छ । कोरोनाको नयाँ भेरियन्ड फैलिन नदिनका लागि सीमाना क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको कञ्चनपुरका स्वास्थ्य प्रमुखले बताएका छन् ।



