सुनसरी : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको छ ।
संखुवासभामा १३ वर्षीय बालिका ब’ला’त्कार गरेको मुद्दामा अदालतले एक युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन र पिडितले राहत कोषमा २२ सय रूपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सुचना अधिकारी डिल्ली प्रसाईले बताएका छन् ।
पिडित बालिकालाई आरोपले गत बैशाखमा ब’ला’त्कार गरेको मुद्दा परेको थियो ।