सुनसरी : दाङको एक खोलामा महिला मृ’त भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय दाङका अनुसार घोराही उपमहानगरपालिका-३ भयसपुर बस्ने ४५ वर्षीय सुन्चा चौधरी कटुवा खोलामा मृ’त अवस्थामा भेटिएकी हुन् ।
घोराही बजारबाट घर जाँदै गर्दा मंगलबार साँझ ८ बजे कटुवा खोलामा चौधरी डुबेको अवस्थामा मृ’त भेटिएको थियोे । घ’टनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।



