देशबागमती प्रदेशबागमती प्रदेशको छात्रवृत्ति कार्यान्वयनमा, ७ विद्यार्थी छनोट

बागमती प्रदेशको छात्रवृत्ति कार्यान्वयनमा, ७ विद्यार्थी छनोट

spot_img

हेटौँडा । बागमती प्रदेश सरकारले सुरु गरेको शैक्षिक छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा ७ जना विद्यार्थी छनोट भएका छन् ।

आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयका अनुसार एमबीबीएस, बीएएमएस, बीएससी भेटेरिनरी, बीएससी कृषि, सिभिल इन्जिनियरिङ, बीई आईटी र तीनवर्षे स्टाफ नर्सिङ गरी ७ कार्यक्रमका लागि २२ छात्रवृत्ति व्यवस्था गरिएको छ ।

हाल एमबीबीएस, सिभिल इन्जिनियरिङ, बीएससी भेटेरिनरी र बीएससी कृषि कार्यक्रममा परेका आवेदनका आधारमा ७ विद्यार्थी छनोट भएका हुन् । छनोट हुनेमा एमबीबीएसतर्फ श्रीराम भट्ट, सिभिल इन्जिनियरिङतर्फ मातृका चेपाङ र अर्शिम श्रेष्ठ, बीएससी भेटेरिनरीतर्फ ललिता तामाङ र विशाल तामाङ तथा बीएससी कृषितर्फ उत्सव प्रधान र निरुता योगी रहेका छन् ।

बीएएमएस, बीई आईटी र स्टाफ नर्सिङमा आवेदन नपरेको निर्देशनालयले जनाएको छ । छात्रवृत्ति रकम विद्यार्थीलाई नगद नदिई सम्बन्धित शैक्षिक संस्थाको खातामा तीन किस्तामा भुक्तानी गरिनेछ । अध्ययनपछि विद्यार्थीले कम्तीमा एक वर्ष बागमती प्रदेशभित्र सार्वजनिक सेवा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img