फिचरभोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको सङ्ख्या ६६९ पुग्यो, दुई हजार ३०१ जनाको उद्धार

भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको सङ्ख्या ६६९ पुग्यो, दुई हजार ३०१ जनाको उद्धार

spot_img

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले शनिबार साँझ ४ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ६६९ जनाको शव फेला परेको जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सबैभन्दा धेरै चितवनमा २४८ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको हो।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये नुवाकोटका एक हजार ६२२, रसुवाका ६७६ र धादिङका तीन जना छन्। विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घर फर्किएका गरी हालसम्म १४० जना छन्। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा शव सङ्कलनको काम जारी रहेकाले मृतक र उद्धार गरिएकाको सङ्ख्या थपिन सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img