देशबागमती प्रदेशउपत्यकाका ६ स्थानबाट जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न सकिने, अतिरिक्त शुल्क नलाग्ने

उपत्यकाका ६ स्थानबाट जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न सकिने, अतिरिक्त शुल्क नलाग्ने

काठमाडाैँ । दसैँका बेला खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौँ उपत्यकाका ६ वटा तोकिएका केन्द्रबाट जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने भएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले आजदेखि आगामी शनिबार (फूलपाती) सम्मका लागि यो व्यवस्था मिलाएको हो।

​सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यास गोदाम, सुकेधाराको बाबा ग्यास डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यास केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यास गोदाम तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास गोदामबाट ग्यास साट्न सकिनेछ।

​उपभोक्ताले आफ्नो जुनसुकै ब्रान्डको सिलिन्डर लगेर तोकिएका केन्द्रबाट उपलब्ध अन्य ग्यास लिन सक्नेछन्। फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। नेपाल आयल निगम र ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान ९:३० बजेदेखि बेलुका ४:०० बजेसम्म सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ।

​हाल बजारमा ५८ वटा ग्यास उद्योगका सिलिन्डर प्रचलनमा छन्। ग्यास साट्दा उपभोक्ताले आफ्नो पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखका रूपमा उपलब्ध गराउनुपर्ने सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार