मौसमआजदेखि देशभरको मौसममा सुधार आउने

आजदेखि देशभरको मौसममा सुधार आउने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मकवानपुर । पछिल्ला केही दिनको अविरल वर्षापछि आजदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो भू-भागमा आजदेखि मौसम क्रमशः सफा हुँदै जानेछ।

​महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। पछिल्लो १२ घण्टामा देशका एकाध स्थानबाहेक उल्लेख्य वर्षा भएको छैन।

​मौसममा सुधार आए पनि केही प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

​यसअघि गएको बुधबारदेखि शुक्रबारसम्म देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको थियो। हिजो शनिबार दिउँसोपछि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पानी पर्न रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार