देशबागमती प्रदेशबूढीगण्डकीको बाढीले ६ पुल बगायो, १० जना सम्पर्कविहीन, तटीय क्षेत्रमा ठूलो क्षति

बूढीगण्डकीको बाढीले ६ पुल बगायो, १० जना सम्पर्कविहीन, तटीय क्षेत्रमा ठूलो क्षति

गाेरखा । गोरखा र धादिङ सीमा क्षेत्र भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना मानिस सम्पर्कविहीन भएका छन्। बाढीमा दुई वटा मोटरेबल (पक्की) पुल, एउटा बेलिब्रिज र तीन वटा झोलुङ्गे पुल बगेकाे छ।

​सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आरूघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरूघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको हो। यस्तै, धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलिब्रिजका साथै माछाखोला-केरौँजा, चुमनुब्रीको ठाडो भर्‍याङ-जगत् र सिर्दिबासको घट्टेखोला-फिलिम जोड्ने झोलुङ्गे पुलहरू पनि बाढीले ढालेको छ।

​बाढीका कारण चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगर गाउँका करिब ३५ घर बगेका छन्। यसैगरी जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत बाढीले व्यापक क्षति पुर्‍याएको छ।

​अहिले सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी रहेको र प्रभावित क्षेत्रमा उद्धार तथा थप क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार