बागमती प्रदेशमकवानपुरहेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु,...

हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५ः२५ बजे यसअघि भत्काइएको घरको जगबाट इँटा निकाल्ने क्रममा माथिबाट माटो खस्दा हेटौँडा–१० पूर्वेलीटोलका ४५ वर्षीय किरण रानामगर र मनहरी गाउँपालिका–६ का २७ वर्षीय रोशन श्रेष्ठ पुरिएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार प्रहरी टोलीले दुवै जनाको उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा साँझ ६ः०२ बजे चिकित्सकले रानामगरलाई मृत घोषणा गरेका थिए।

घाइते श्रेष्ठको कम्मरमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त घर उर्वशी श्रेष्ठको नाममा रहेको र उनी हाल न्युजिल्यान्डमा बस्दै आएकी छन्। करिब १५–२० वर्षदेखि हेटौँडा–११ का वसन्त कप्रौलाले भाडामा लिएको उक्त घर यसअघि नै भत्काइएको थियो। नयाँ घर निर्माणका लागि इँटा निकाल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार