मौसमयस वर्षको मनसुन नेपालका सबै भू-भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालका सबै भू-भागबाट बाहिरियो

काठमाडाैँ। यस वर्षको मनसुन नेपालका सबै भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बुधबार (असोज २८ गते) मनसुन देशभरबाट बाहिरिएको जानकारी दिएको हो।

​नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर २ (असोज १६) मानिन्छ। तर यस वर्ष औसत मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।

​यसअघि गत असोज १७ गते (अक्टोबर ३) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानबाट मनसुन बहिर्गमन प्रक्रिया सुरु भएको थियो।

​महाशाखाका अनुसार देशभरबाट मनसुन प्रणाली पूर्ण रूपमा बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव भने कायमै रहन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार