देशलुम्बिनी प्रदेशकपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

कपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडका एक व्यवसायीले प्रहरी अनुगमनका क्रममा आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

​स्थानीय गल्ला पसल सञ्चालक महेश अग्रहरीले ६० बोरा चामल बोकेको आफ्नो पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझाएपछि आवेशमा आएर आत्मदाहको प्रयास गरेका हुन्। आफूसँग चामलको वैधानिक बिल बिजक हुँदाहुँदै प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको दाबी अग्रहरीको छ।

​लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले अनुगमनका क्रममा आवश्यक कागजात नभेटिएको भन्दै चामलसहितको गाडी नियन्त्रणमा लिएको थियो। शरीरभरि मट्टितेल छर्केर आगो लगाउनै लाग्दा प्रहरी र स्थानीयले उनलाई तत्काल जोगाएका थिए।

​घटनालगत्तै बेहोस भएका अग्रहरीलाई सुरुमा तौलिहवा अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज पठाइएको छ।

​लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीका अनुसार प्रहरी र स्थानीयको सक्रियताले उनलाई आगो लाग्नबाट बचाइएको छ। मट्टितेलको असरका कारण बिरामी परेका उनलाई प्रहरी टोलीले नै अस्पताल पुर्‍याएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार