अन्तर्राष्ट्रियबिहारमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको मृत्यु

बिहारमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको मृत्यु

मृतकका परिवारलाई ४ लाख राहत घोषणा

भारतको बिहार राज्यस्थित गंगा नदीमा डुंगा दुर्घटना हुँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ।

​भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै मंगलबार बेलुका २५ जनाभन्दा बढी सवार डुंगा पल्टिएको हो। एउटा भोजमा सहभागी हुन जाँदै गर्दा उक्त दुर्घटना भएको जनाइएको छ।

​दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। घटनालगत्तै स्थानीय प्रहरी र प्रशासनको टोलीले उद्धार कार्य अघि बढाएको थियो।

​यसैबीच, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार