देशचाडपर्वलाई लक्षित गर्दै आयल निगमले बढाएन इन्धनको मूल्य

चाडपर्वलाई लक्षित गर्दै आयल निगमले बढाएन इन्धनको मूल्य

काठकमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेशन (IOC) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्वका बेला आम उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य नबढाइएको निगमले जनाएको छ।

​निगमका अनुसार हाल पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

​त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर २०० रुपैयाँमा बिक्री भइरहेको छ।

​यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार