राजनीतिआन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्यलाई समेटेर अघि बढ्छाैँ : सभापति थापा

आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्यलाई समेटेर अघि बढ्छाैँ : सभापति थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उहाँले केन्द्रीय समितिलाई प्रभावकारी बनाउन आफ्नो टोलीमा छुटेका नेताहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

​पार्टीको आन्तरिक चुनावलाई जित र हारको अन्तिम मानकका रूपमा नहेर्न आग्रह गर्दै सभापति थापाले सङ्गठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया छिट्टै अगाडि बढाउने बताए। उहाँले पार्टीको हितका लागि सबै सक्षम साथीहरूलाई समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ अघि बढ्ने स्पष्ट पार्नुभएकाे छ।

​कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गएको असोज २३ गतेदेखि सुरु भएको सम्पूर्ण पदको मतगणना आज बिहान मात्रै सकिएको छ। नेताहरूका अनुसार विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी रहेको छ र त्यसलगत्तै कार्यसमितिको पहिलो बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार