देशमधेस प्रदेशमधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडाैँ। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै एमाले सरकारबाट अलग भएको हो।

​एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन्।

​सरकार गठनका क्रममा भएको सहमति पालना नभएपछि सरकारबाट बाहिरिने निर्णय लिइएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए। सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेकाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको उनले बताए।

​नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा मधेश प्रदेशमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन सरकार सञ्चालनमा थियो। एमाले बाहिरिएसँगै प्रदेशको राजनीतिक समीकरणमा हेरफेर आएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार