अर्थ व्यापारतातोपानी नाका भोलिदेखि तीन दिनका लागि खुल्दै

तातोपानी नाका भोलिदेखि तीन दिनका लागि खुल्दै

काठमाडाैँ । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी भोलिदेखि तीन दिनका लागि खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो नाका कात्तिक ३ गतेसम्म सञ्चालनमा आउनेछ।

​नाका खुलेको समयमा व्यापारिक प्रयोजनका मालवाहक गाडीलाई मात्र आवतजावतको अनुमति दिइएको मन्त्रालयले जनाएको छ। यात्रुवाहक सवारीसाधन र सर्वसाधारणको आवतजावतबारे भने कुनै निर्णय भइसकेको छैन।

​नेपाल र चीनबीचको व्यापारका लागि महत्त्वपूर्ण मानिने सिन्धुपाल्चोकस्थित तातोपानी नाका लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। जसका कारण चीनसँगको व्यापार प्रभावित हुँदै आएको छ।

​नाका तीन दिनका लागि खुला हुने भएपछि चीनबाट नेपालतर्फ हुने औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण तथा उपभोग्य वस्तुको ढुवानीमा व्यवसायीलाई केही सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार