मकवानपुरइन्द्रसरोवर गाउँपालिकाकुलेखानी जलाशयको पानीको सतह १ हजार ५२७.५४ मिटर पुग्यो

कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२७.५४ मिटर पुग्यो

मकवानपुर । मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह आज दिउँसो २ बजेको मापनअनुसार १ हजार ५२७ दशमलव ५४ मिटर पुगेको छ । निरन्तरको वर्षाका कारण जलाशयको पानीको सतह अधिकतम भण्डारण क्षमताको नजिक रहेको छ ।

कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ । पछिल्लो मापनअनुसार जलाशय पूर्ण क्षमतामा पुग्न अब २ दशमलव ४६ मिटर मात्रै बाँकी छ ।

यसअघि आज मध्यराति १२ बजे जलाशयको पानीको सतह १ हजार ५२७ दशमलव ५५ मिटर रहेको थियो भने बिहान ६ बजे १ हजार ५२७ दशमलव ६० मिटर मापन गरिएको थियो । दिउँसो २ बजेसम्म आइपुग्दा पानीको सतह १ हजार ५२७ दशमलव ५४ मिटर कायम भएको हो ।

जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनी साइरन बजाउने व्यवस्था छ । त्यस्तै, पानीको सतह १ हजार ५३० मिटर पुगेपछि वर्षाको अवस्था, पानीको बहाव र सम्भावित जोखिमको मूल्याङ्कन गरी आवश्यकताअनुसार बाँधको मुख्य ढोका खोल्न सकिने व्यवस्था छ ।

यसअघि २०८१ साल असोजमा अविरल वर्षाका कारण जलाशय भरिएपछि ३१ वर्षको अन्तरालमा बाँधको ढोका खोलिएको थियो । त्यसअघि २०५० सालमा बाँधको ढोका खोलिएको थियो ।

जलाशयको पानीको सतह अधिकतम क्षमताको नजिक रहेकाले बाँधभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी तथा खोलाको किनारमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा आयोजनाबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार