देशकोशी प्रदेशलोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, घटनामा संग्लग्न श्रीमान पक्राउ

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, घटनामा संग्लग्न श्रीमान पक्राउ

सुनसरी : पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी बिषयमा वादविवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतबार बिहान साँढे ८ बजे मृ´त्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img