काठमाडौँ । डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ ।
भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमले जनाएको छ । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।
यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन । यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो । अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजन’bout भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नुपर्नेछ ।