अन्य
    अर्थ व्यापारहेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

    हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

    हेटौंडा : विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ।

    उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उद्योगका नायब महाप्रबन्धक एवं प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए।

    बोलपत्र आह्वान गरी कोइला आपूर्तिकर्तालाई ६ हजार मेट्रिकटन कोइला उपलब्ध गराउन आग्रह गरिएको भए पनि हाल १ हजार १ सय ५० टनमात्रै कोइला आपूर्ति भएको उनले बताए।

    ‘उद्योगले पटक–पटक गरेर कोइला आपूर्ति गर्दै आएको छ। थोरै मगाएर उद्योग सञ्चालन गर्ने र सकिन लागेपछि पुनः बोलपत्र आह्वान गर्ने चलन छ। यसपटक कोइला आपूर्ति समयमा हुन सकेन। त्यसकारण उद्योग सञ्चालन गरी उत्पादनलाई निरन्तरता दिन कठिनाइ भएको हो’, प्रवक्ता कर्णले भने।

    उद्योगका कर्मचारीहरूका अनुसार एक महिनादेखि उत्पादन बन्द रहेको छ। हाल उद्योगको भण्डारण कक्षमा १ हजार १ सय ५० मेट्रिकटन मात्रै कोइला उपलब्ध छ। महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०६ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...

    धेरै कमेन्ट गरिएका