काठमाडौँ — नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको छ ।
खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।