Monday, February 17, 2025
अर्थ व्यापारसैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं | देशको सुरक्षा र शान्तिका निम्ति सदैव सजग रहने नेपाली सेनाले आफ्ना सैनिकहरूको कल्याणकारी कार्यलाई पनि उच्च प्राथमिकता दिएको छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा हालसम्म ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ भने यो रकम निरन्तर बढ्दै गइरहेको छ।

विसं २०८० पुस मसान्तसम्म यस कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भइसकेको प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभएको छ। करिब १० लाख हिताधिकारीबाट रकम सङ्कलन गरी यो कोषमा जम्मा गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म यस कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मात्र रहेकोमा पछिल्लो समयमा यति ठूलो रकम थपिएको हो।

सैनिक कल्याणकारी कार्यहरू यसै कोषबाटको ब्याजबाट सञ्चालन हुँदै आएको छ। हरेक वर्ष यसै कोषको ब्याजबाट करिब ६ देखि ८ अर्ब रुपैयाँसम्म खर्च हुने गरेको प्रधानसेनापतिले बताए । एकैपटक यति ठूलो रकम उपलब्ध गराउन गाह्रो भएकाले यसलाई दिगो बनाउन आयआर्जनका नयाँ क्षेत्रहरू खोज्नुपर्ने देखिएको छ। यससम्बन्धी सरकारका सम्बन्धित निकायहरूसँग पनि छलफल भइरहेको बताइएको छ।

भूतपूर्व सैनिकको हितका लागि सेनाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। बहालवाला र अवकाशप्राप्त सैनिकहरूबिच आपसी सम्बन्ध र अपनत्वको भावना बलियो बनाउन यस्ता कार्यक्रमहरूको आयोजना गरिने गरिएको छ।

‘भूपूर्व सैनिक सम्मेलनको अभिलाषा – सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजित हालैको एक सम्मेलनमा विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिकहरूको सहभागिता थियो। साथै एकै परिवारबाट चार जनाभन्दा बढी सन्तानले सेनामा सेवा गरेका आमा-बुबालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img