Wednesday, March 26, 2025
अर्थ व्यापारआज पनि सुन र चाँदीको मूल्य घट्यो

आज पनि सुन र चाँदीको मूल्य घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img