हरेक बारको पहिलो साता आइतबार सबैका लागि महत्त्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरूले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खास सूर्य भगवान् देवताको दिनका रूपमा पनि हेरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार आजको दिन सुर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्त्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिएको अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ ।
यो दिन र मासु , रक्सी जस्ता तामसी भोजन खानु हुदैन ।आइतबारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।
आइतबार तामा , सखर , रातो चन्दन , सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक नै हुन्छ । यो दिन ब्रह्य मुहूर्तमा नुहाएर सूर्यदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।