Friday, June 13, 2025
धर्म/संस्कृतिआज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

spot_img

काठमाडौँ- साउन महिनाको आज तेस्रो सोमबार । हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

-Ads-

साउने सोमबार मनाउन देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । भगवान् शिवको पूजाआरधना गरी हिन्दूधर्मावलम्बीहरुले साउनका सबै सोमबार विशेष रुपमा मनाउँदै आएका छन् ।

खासगरी महिलाहरुले श्रीमानको दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दै साउने सोमबार विशेष रुपमा मनाउँछन् । हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ ।

साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img