Wednesday, January 15, 2025
धर्म/संस्कृतिधार्मिक तथा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर

काभ्रेपलाञ्चोक। पलाञ्चोक भगवतीको मन्दिर राजधानी शहर बाट काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल हुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि पलान्चोक भगवती मन्दिर पुग्न सकिन्छ । काठमाडौंबाट ५२ कि.मि. दुरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा छ ।

यस मन्दिरको महिमा र शक्तिको कृति टाढाटाढा सम्म फैलिएको पाइन्छ । वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । साँच्ची नै धार्मिक पर्यटन स्थल बन्ने सम्भावना रहेको छ ।यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ। “अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको“छ । यसमा कुनै रसायन प्रयोग गरिएको छैन ।

अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने यहाँ निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ । भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवम् मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ ।

पलान्चोक भगवती मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले गरेका हुन् । विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । नेपालका अन्य अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ ।

palanchowk bhagawati temple

मानदेव प्रथमको शासनकालमा स्थापित पलान्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरेका थिए । यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो । केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो ।

यस मन्दिरमा दर्शनार्थ काठमाडौं लगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।

वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलान्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन् ।

काभ्रे जिल्लाको पलान्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ । काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।

यस पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको भन्ने भनाई छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ ।

बनाएका मूर्तिमध्ये बुचाकोटबाट पलान्चोक भगवतीको मूर्ति अन्य ठाउँमा ल्याउँदै थिए । त्यस ठाउँमा राती बास बसेपछि मूर्ति पनि त्यहिँ राखेछन् । भोलिपल्ट बोकेर हिँड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउँमा बस्ने इच्छा गरेकाले त्यहि प्रतिस्थापन गरिएको भनाइ छ । पलाञ्चोक भगवतीलाई त्यहीँ राखी मन्दिर बनाएर पूजा गर्न थालियो । यो समाचार फेसबुकबाट सभार गरिएको हो

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img