Wednesday, January 15, 2025
देशकोशी प्रदेशधरान एक्स्पो २०७९ को औपचारिक समापन, १० दिन सम्म सञ्चालन

धरान एक्स्पो २०७९ को औपचारिक समापन, १० दिन सम्म सञ्चालन

सुनसरी / धरान एक्स्पो २०७९ सुनसरीको व्यवसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो समापन भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा फागुन ११ गतेबाट सुरु भएको एक्स्पो नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीको प्रमुख आतिथ्यमा समापन गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत उद्घाटन गरेका थिए । १० दिनसम्म सञ्चालन भएको कार्यक्रम हिजो शनिबार समापन भएको हो । एक्स्पोमा एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो ।

समापन समारोहमा पर्यटनमन्त्री किराँती, कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री किराँतीले धरानको साख फर्काउन सबै लाग्नुपर्ने बताए । छिल्लो समयमा धरानमा केही छैन भन्ने तर्क हाबी भइरहेको भन्दै मन्त्री किराँतीले दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे । लाहुरेको सहर, फेसनको सहर, कला–सँस्कृतिको सहरका रूपमा परिचित धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

धरान एक्स्पो लगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग गर्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनले बताए ।

निजी क्षेत्रको व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद ज्ञापन गरेका छन् । एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पुर्याएको सहयोग र अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उनले खुलेर प्रशंसा गरेका थिए ।

‘एक्स्पोले रैथाने उत्पादनको बजारीकरण, व्यवसायीकरणमा सहयोग पुर्याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा उहाँहरु सँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको बताउनु भयो । एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको र दुई करोड बढीको कारोबार भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धरान एक्स्पोका संरक्षक विजय श्रेष्ठले बताए ।

एक्स्पोको समापन समारोहमा बोल्दै उनले एक्स्पो आयोजक संघले धरान, सुनसरी र समग्र कोशी प्रदेशमा लगानी भित्र्याउने गरी तयारी गरिरहेको बताएका छन् । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img