फागुन २१ गते देखी फागुन २४ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक समस्याले लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूको भर पर्दा काममा विलम्ब हुन सक्छ। तापनि फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफन्तको सद्भावले चिताएको काम बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउनेछ। निम्तो आए पनि सप्ताहान्तमा आतिथ्य खर्चिलाे बन्न सक्छ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवजीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। साेमवारदेखि केही पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बिहीवारपछि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा भने अलि सावधान रहनुपर्ला। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ र लाभ मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। चिताएका घरेलु काम सम्पादन हुनेछन्। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। लगनशीलताले काममा सफलता नै दिलाउनेछ। यो साताका लागि शुभ अङ् ३,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सानो प्रयत्नले ठूलो काम बन्नेछ। आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। मिहिनेत गर्दा पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको दबाबमा परेर मान्यताविपरीतकाे निर्णय लिन बाध्य भइनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि कार्य गर्दा सफलता प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साेमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधन जुटाउने समय छ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले काममा उत्साहित भइनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययन र लेखनकलामा निखारता आउनेछ। यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा सजिलै कर्मसिद्धि हुने समय छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। खर्चिलो काममा लगानी गर्नुपरे पनि नाम, दाम र प्रतिष्ठा प्राप्त हुने समय छ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भोकालाई खाना दिएर सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। सामाजिक कामले पदीय दायित्व समेत दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा दिगो काममा लगानी गर्नुपर्ने हुन सक्छ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। साेमवारदेखि धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विवादास्पद काममा जुट्नुपरे पनि नाम, दाम र इनाम हात पार्ने समय छ। विशेष व्यक्तिसँग भेटघाट हुने समय छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा आय बढ्नाले जीवनशैलीमा सुधार आउनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरे राम्रो हुन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। साेमवार र मंगलवार भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम, दाम र इनाम कमाउन पनि सकिनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीले स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
साताकाे प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले दैनिकी रमाइलाे रहनेछ। बुधवारपछि भने अनावश्यक क्षेत्रमा ध्यान दिनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्य कमजोर रहने समय छ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिस्थितिजन्य समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ। धन र मानसम्मान समेत प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्नाले राम्रो हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनेछ। काम राेकिने डरले पनि सताउन सक्छ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।