Sunday, February 16, 2025
धर्म/संस्कृतिइटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

सुनसरी : इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ ।

श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा आज देखी तीन दिन सम्म इटहरीको रिजाल भिजन त्रि–दिवसीय वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गरिएको इस्कोन इटहरीका प्रतिनिधि ललित माधव दासले जानकारी दिए ।

त्रिदिवशीय महोत्सवमा वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमदभगवदगीता र श्रीमद्भागवतम्को प्रचार–प्रसार गृहस्थहरूका लागि
आध्यात्मिक जीवनको ज्ञान , स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई आध्यात्मिक प्रगतिका लागि भगवदगीता लगायतका पुस्तकहरू साथै ग्रन्थ तथा चित्रकला प्रदर्शनी कार्यक्रम रहेको र प्रदर्शनीमा ४० % छुटमा पुस्तकहरूको बिक्री गरिने बताइएको छ ।

प्रर्दशनीमा करिव १५ हजार जनाको सहभागिता हुने अनुमान गरिएको छ । जन्माष्टमीको भोली पल्ट इटहरीमा राधाकृष्ण शिव मन्दिरले निकालिने श्रीकृष्णको रथ यात्रामा समेत इस्कोन इटहरीको पनि सहभागिता जनाउने भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img