Monday, April 29, 2024
धर्म/संस्कृतिपाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा

पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा

हेटौंडा । मकवानपुर जिल्लाको लोकप्रिय धार्मिक स्थल पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा गरिँदैछ । हेटौंडा उपमहानगरपालिका-१ स्थित भैरवडाँडामा रहेको पाथीभरा माताको मन्दिरमा विभिन्न ठाउँका श्रद्धालुहरु आफ्नो दुःख पीडा हटाई खुशी र शुभ कामना लिएर आउने गर्दछन् ।

ताप्लेजुङमा रहेको पाथीभरा माताको मूल मन्दिरबाट २०६४ साल वैशाख १ गते पाथीभरा माताको मूर्ति ल्याइएको थियो । पाथीभरा मन्दिरका पिठाधिश गुरुदेवी दासले सपनामा माता आउने गरेको र उनलाई भैरवडाँडामा मन्दिर बनाउन आदेश दिइएको बताउदै आएका छन् । त्यसपछि मन्दिर निर्माणको शुरुवात भएको हो ।

मन्दिर स्थापना भएदेखि श्रद्धालुहरुको आस्था र विश्वास बढ्दै गएको छ । नि:सन्तानलाई सन्तान प्राप्ति र मनोकामना पुरा भएको श्रद्धालुहरु बताउँछन् । मन्दिरमा आउने सबै श्रद्धालु स्वयं देवीगर्भ बनी पूजा आराधना गर्ने गर्दछन् ।

चैत २५ गतेबाट नौ दिनसम्म महापूजा चल्नेछ । २५ गते उद्घाटन समारोह हुनेछ र कालभैरवको मन्दिर स्थापना पनि गरिनेछ । २६ गतेदेखि भागवत पुराणहरु पनि नियमित सुरु हुनेछन् । वैशाख १ गते पाथीभरा माताको स्थापना दिवस मनाइनेछ र विशेष पूजा गरिनेछ । रामनवमीको दिन घरबाट गंगाजल ल्याई माताको अभिषेक गरिनेछ ।

भजन प्रतिस्पर्धाको पनि आयोजना गरिनेछ र प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश: रु ७,५००, रु ५,००० र रु ३,००० पुरस्कार दिइनेछ । सबै प्रतिस्पर्धामा सहभागीलाई रु २,००० र प्रमाणपत्र प्रदान गरिनेछ ।

अष्टमी पर्वमा भने भव्य रुपमा विशेष पूजा गरिनेछ । चैत २६ गतेदेखि सुरु हुने महापूजा वैशाख ५ गते समापन हुनेछ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com.np
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र...
भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महाभीर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागिपरेको छ । भोजपुर सदरमुकामबाट करिब २९...
काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन देशभर गर्मी बढ्ने भन्दै तराईका भूभागहरूमा अत्यधिक गर्मी र 'लू' बाट बच्न आग्रह गरेको...