Thursday, December 12, 2024
शिक्षाइटहरीका स्कुलमा ६ दिनमा खाजा थरी थरीका फलफूलदेखि मासुसम्म

इटहरीका स्कुलमा ६ दिनमा खाजा थरी थरीका फलफूलदेखि मासुसम्म

इटहरी / इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गर्दै छ दिनमा छ खाजा कार्यक्रम सार्वजनिक गरेको हो ।

बाल कक्षादेखि ६ सम्मका छात्रछात्राहरूलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका मेयर हेकमर्ण पौडेलले विद्यालय खुल्ने ६ दिन फरक फरक खाजा खुवाउने र एक दिन मासु पनि समावेश गरेको बताए ।

आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजाको सुरुवात गरे ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो ।  उपमहानगरले बाल कक्षादेखि ६ कक्षासम्मका लागि विद्यालयमै पोसिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ ।

दिवा खाजा कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको छ ।

उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी ५ करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई दिवा खाजाको ठेक्का दिएको छ ।

दिवा खाजा कार्यक्रममा इटहरी उपमहानगरपालिकाका ८ हजार २८ विद्यार्थी सहभागी छन् । आइतबार तीन किसिमका फलफूल, २१० ग्राम , सोमबार अण्डा र चिउरा ,मङ्गलवार मिसाइएको गेडागुडीको तरकारी र चिउरा, बुधवार चामलको खीर र तरकारी खाजाको दिने भएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img