Sunday, March 16, 2025
शिक्षाहेटौँडा एकेडेमीको २६औं वार्षिकोत्सव फागुन २३ गते मनाइने

हेटौँडा एकेडेमीको २६औं वार्षिकोत्सव फागुन २३ गते मनाइने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित हेटौँडा एकेडेमीले आफ्नो २६औं वार्षिकोत्सव तथा अभिभावक दिवस यही फागुन २३ गते शुक्रबार मनाउने भएको छ। बुधबार विद्यालयले पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूलाई केन्द्रमा राखी विविध कार्यक्रमहरू आयोजना गरिने जनाएको छ।

“शिक्षा संगसंगै खेलकुद”भन्ने नाराका साथ विद्यालयले क्रिकेट तथा फुटबल प्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले भने, “गत वर्ष विद्यालयले आफ्नो २५औं वार्षिकोत्सव अर्थात् रजत जयन्ती भव्य रूपमा सम्पन्न गरेको थियो। त्यसैको निरन्तरतामा यस पटक पनि विद्यालय परिसरमा विभिन्न गतिविधिहरूको आयोजना हुने छ।” उनले वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूद्वारा बृहत सांस्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रविधि प्रदर्शनी, हस्तकला प्रदर्शनी, चित्रकला प्रदर्शनी, पुस्तक मेला, खेलकुद सामग्री प्रदर्शनी तथा खाना महोत्सवसमेत सञ्चालन गरिने जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वानगली विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलको उपस्थिति रहनेछ भने विशिष्ट अतिथिका रूपमा एलआरआई स्कूलका संस्थापक प्राचार्य शिवराज पन्त तथा चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने रहने विद्यालय प्रशासनले जनाएको छ। साथै, विद्यालयका संस्थापक अध्यक्ष तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न हुने सुमार्गीले जानकारी दिए।

विद्यालय प्रशासनले अभिभावक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय समुदायलाई वार्षिकोत्सव समारोहमा उपस्थित भई विद्यार्थीहरूद्वारा प्रस्तुत गरिने विभिन्न सृजनात्मक गतिविधिहरूको अवलोकन गर्न तथा उनीहरूलाई हौसला प्रदान गर्न अनुरोध गरेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img