निर्वाचनभोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवार दौलथ कुलुङ विजयी

भोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवार दौलथ कुलुङ विजयी

सुनसरी | भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन् ।

एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे । विजयी भएका कुलुङले १८ सय १४ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उनीसँग पराजित महेश राईले १७ सय ८६ मत ल्याएका थिय । अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए । उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मतसहित विजयी भइन् ।

स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img