काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।
निर्वाचन आयोगले बिहान ६ बजेसम्म अपडेट गरेको तथ्यांकअनुसार नेकपा एमाले ३१ स्थानमा प्रमुख एवम् अध्यक्ष जितेर पहिलो स्थानमा छ भने २६ स्थान जितेर कांग्रेस दोस्रो स्थानमा छ ।
माओवादी केन्द्रले २० ठाउँमा प्रमुख जितेको छ भने नेकपा एसले दुई ठाउँमा जितेको छ ।



