काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ ।
भरतपुर महानगर
१ बजेको अपडेट अनुसार भरतपुर महानगरमा २७ हजार ४३८ मत गणना भएको छ । गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।
काठमाडौं महानगरपालिका
३ लाख २४२ मतदाता भएको काठमाडौं महानगरमा पछिल्लो मतपरिणामअनुसार शाहले १६ हजार ६४७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार ६०७ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७६७ मत पाएकी छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले १३ हजार ४०८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४ हजार ११८ मत पाएका छन् ।



