निर्वाचनभरतपुरमा ३२,२९३ मत गन्दा रेनुलाई अग्रता, काठमाडौंमा १२ हजार मत बदर, यस्तो...

भरतपुरमा ३२,२९३ मत गन्दा रेनुलाई अग्रता, काठमाडौंमा १२ हजार मत बदर, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ ।

भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालले २२६७ मतको अग्रता बनाएकी छन् । भरतपुरमा हालसम्म ३२ हजार २९३ मत गणना सम्पन्न हुँदा रेनुले ११ हजारले ९६६ मत ल्याएकी छन् ।

एमाले उमेदवार विजय सुवेदीले ९ हजार ६९९ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पाँच हजार २३५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार १६६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ७ हजार ८७० मत पाएकी छन् ।

काठमाडौंको मेयरमा बालेनले पाए १८,३८७ मत
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १८,३८७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले ९,५५२ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले ८६९८ मत पाएकी छिन् ।

पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरमा मत बदर को संख्या १२ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img