हेटौडा: हेटौडा उपमहानागरपालिकामा मेयर उम्मेदवारहरु निकै प्रतिस्पर्धामा छन् । अहिले नेकपा एकीकृत समाजबादीकि मेयर उम्मेदवार मिना कुमारी लामाले अग्रता कायमै राखेकी छिन ।
पछिल्लो मतगणना अपडेट अनुसार मिना कुमारी लामा १ इजार १५ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेल भन्दा अगी छिन । मिना कुमारी लामाले १३ हजार ९११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा पौडेलले १२ हजार ८९६ मत ल्याएका छन् । त्यस्तै रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार दिपक बहादुर सिंहले १२ हजार ८६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेका उम्मदेवार सुमित्रा काफ्लेले १४ हजार ४१८ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार राजेस बानियाले २० हजार १२५ मत लिदै अग्रता कायम गरेका छन् भने रास्ट्रीय प्राजातन्त्र पार्टी का उम्मेदवार इन्दिरा न्यौपानेले ३ हजार १९६ मत पाएकी छिन ।



