सुनसरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र १७ मा नेकपा एमालेको प्यानलै वियजी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १५ मा नेकपा एमालेबाट वडाध्यक्षका जयनारायण चौधरीले ७६९ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रवणकुमार चौधरीले ५०२ मत प्राप्त गरेका छन् ।
यता, नेकपा एमालेका उम्मेदवार महिला सदस्यमा सारोकुमारी चौधरी, दलित महिला सदस्यमा भुतिनदेवी मुसहर, खुल्ला सदस्यमा लालु चौधरी र अभिषेक चौधरी निर्वाचित भएका छन् ।
यस्तै, इटहरी उपमहानगरपालिका वडा नम्बर-१७ मा पनि नेकपा एमालेको प्यानलै निर्वाचित भएका छन् । नेकपा एमालेका वडा अध्यक्ष प्रभातकुमार आचार्यले २,२२२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भगवानलाल साहले १,८८१ मत प्राप्त गरेका गरेका छन् ।
यता, महिला सदस्यमा विष्णुकुमारी खड्का, दलित महिला सदस्यमा रेवियादेवी सदा, खुल्ला सदस्यमा काशिम मिया र श्यामकुमार चौधरी सहित सबैजना नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।