देशयस्तो छ काठमाडौं र भरतपुर महानगरको ४ बजे सम्मको मत परीणाम

यस्तो छ काठमाडौं र भरतपुर महानगरको ४ बजे सम्मको मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ ।

दिउसो ४ बजे सम्मको मत परीणाम अनुसार भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार १९२ मतको अगी छन् भने काठमाडौं महानगरमा मेयरको स्वातन्त्र उम्मेदवार बालेन्द्र शाहले स्थापित भन्दा १३ हजार ४७२ बढी मतले अग्रता कायमै राखेका छन् ।

भरतपुर महानगर
पछिल्लो अपडेट अनुसार दाहालले २१ हजार २६७ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १८ हजार ७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९८३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । उनले २३ हजार ४८७ मत ल्याउदा राप्रपाका उम्मेदवार हिमाला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगर
कुल ७५ हजार ४२१ मत गणना हुदा शाहाले २८ हजार ६६२ मत पाएका छन् उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५ हजार ५५९ मत प्रप्ता गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसी उम्मेदवार सृजना सिहले १० हजार ९६८ मत पाएकी छिन ।

उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले २४ हजार ५९२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ७ हजार ४६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img