सुनसरी / इटहरी उपमहानागरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले अग्रता बढाउँदै लगेका छन् ।
जेठ ७ गते बेलुका ९ बजेको जानकारी अनुसार हेमकर्ण पौडेलले २८ हजार ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा यामकुमार सुब्बाले २४ हजार २५२ मत ल्याएका छन् । हेमकर्ण पौडेल ४ हजार ११६ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी छन् । त्यस्तै, रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले ३ हजार १८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरीले अग्रता बढाउँदै लगेकी छन् । उनले २७ हजार ८२८ मत प्राप्त गर्दा प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले १५ हजार ८७१ मत पाएका छन् भने राष्ट्रिय प्राजातन्त्र पार्टी कि उम्मेदवार बबिता कुमारी चौधरीले ३ हजार ९८३ मत प्राप्त गरेकी छिन् ।