सुनसरी / इटहरी उपमहानागरपालिकामा नेपाली कांग्रेसका मेयर हेमकर्ण पौडेल र उपमेयरमा संगिता चौधरी विजयी भएका छन्
निर्वाचन अधिकृत कार्यलय इटहरीका अनुसार
हेमकर्ण पौडेलले ३३ हजार ४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धा यामकुमार सुब्बाले २८ हजार ३१ मत गरेका छन् । हेमकर्ण पौडेलले ५ हजार १८ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी भएर विजयी भएका छन् ।
त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरी उपमेयरमा विजयी भएकी छन् । उनले ३२ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले १८ हजार ३१ मत पाएका छन् ।