काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरु देखीनै अग्रता कायम राखेका छन् ।
बिहान ६ बजेसम्मको अपडेट अनुसार १ लाख २१ हजार ३७५ मत गन्दा शाहले ४२ हजार ९०२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८६७ मत प्राप्त गरेकी छिन ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले २३ हजार ९८५ मत प्राप्त गरेका छन् । ३ लाख २ सय मतदाता रहेको काठमाडौं १ लाख ९१ हजार मत खसेको थियो ।
उपमेयरमा भने सुरु देखीनै एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले ४२ हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले १४ हजार २५२ मत पाएका छन् ।



