काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो ।
अब ३६ हजार ३४० मतगणना गर्न बाँकी रहेको छ । आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५१ हजार १६३ मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् ।
काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३२ हजार ५९ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार १६६ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन् ।
१७ नं वडाको गणना सुरू भएको छैन।