Sunday, September 15, 2024
निर्वाचन२०२ पालिका प्रमुखमा एमाले बिजय

२०२ पालिका प्रमुखमा एमाले बिजय

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।

काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टिकाराम खड्का अगाडि रहेका छन् ।

नतिजा सार्वजनिक भएकामध् एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img