काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भएको छ ।
पाँचवटा वडाको १९ हजार ३२३ मत गन्न बाँकी नै रहँदा बालेनले गणितीय रूपमा जीत पक्का गरेका हुन् । अन्तिम परिणाम घोषणा हुन भने समय लाग्नेछ ।
गन्न बाँकी मतभन्दा बालेनको अग्रता बढी छ । ५५ हजार ७४७ मत ल्याएका बालेन निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहभन्दा २० हजार ३७६ र तेस्रो स्थानका केशव स्थापितभन्दा २१ हजार १२१ मतले अगाडि छन् ।
कांग्रेसकी सिर्जनाले ३५ हजार ३७१ मत ल्याउँदा एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलको जीत यसअघि नै पक्का भइसकेको उनले पनि गन्न बाँकीभन्दा बढी मतको अग्रता कायम गरेकी छन् ।