Wednesday, February 12, 2025
निर्वाचनसुनसरी क्षेत्र नं. २ मा रेवतीरमण र द्वारिकलालसँग दिपेन्द्र घिमिरे भिड्दै

सुनसरी क्षेत्र नं. २ मा रेवतीरमण र द्वारिकलालसँग दिपेन्द्र घिमिरे भिड्दै

सुनसरी / सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारी इटहरीका दिपेन्द्र घिमिरे चुनावी मैदानमा छन् । उनको चुनाव चिन्ह रिक्सा रहेको छ ।

उनी एमालेका उम्मेदवार रेवतीरमण भण्डारी, गठबन्धनबाट माओवादीका द्वारिकलाल चौधरी र तरहराका स्वतन्त्र उम्मेदवारी सन्तोष रेग्मीसँग चुनावमा भीड्दैछन् ।

नेपाली काँग्रेस इटहरी वडा नम्बर २ का वडा सभापती रहेका घिमिरेले पार्टी निर्णयसँग विद्रोह गरेर उम्मेदवारी दिएसँगै उनलाई पार्टीले कारवाही गरेर निलम्बन गरेसँग सुनसरी क्षेत्र नम्बर २ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएर आसन्न मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा भिड्दैछन् ।

इटहरीलाई प्रदेशको राजधानी बनाउन र एकै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने लगायतका संकल्प लिएर निर्वाचनमा सक्रिय बनेका घिमिरेले प्रत्येक वडामा खुला व्यायमशाला र खेलमैदान, भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण, नगर बस सञ्चालनको लागि पहल गर्ने, सुकुम्बासी व्यवस्थापन, कृषि विकासलगायतका विभिन्न संकल्प उनले सार्वजनिक गरेका छन् ।

काँग्रेस कार्यकर्ताहरुको भावना विपरीत पार्टीले तालमेल गरेर माओवादी नेता पुर्वमेयर द्वारिकलाल चौधरीलाई उम्मेदवार बनाएपछि आफूले उम्मेदवारी दिएको उनी बताउँछन् । ‘चौधरी पहिल्यै परिक्षण भइसकेका र विवादित व्यक्ति हुन्,’ नेपाललाई नयाँ नेतृत्वको आवश्यकता रहेको बताउँदै उनी भन्छन्, ‘नयाँ र युवा उम्मेदवार आवश्यक पर्छ भनेर पनि मेरो उम्मेदवारी उनले बताए ।

घिमिरेले कोभिड १९ को महामारीमा कोभिडविरुद्ध लड्न इटरीवासीलाई स्वास्थ्यमा सहयोग गरेका थिए । त्यसबाहेक नेपाली काँग्रेसमा रही लामो समयदेखि विभिन्न सामाजिक अभियानमा उनी सहभागि थिए ।

काँग्रेस कार्यकर्ता र अन्य आम नगरवासीहरुको भोट पाउनेमा उनी आशावादी छन् । अन्य पार्टीका उम्मेदवारलाई भोट दिन नचाहने काँग्रेस मतदाताहरुबाट आफूले मत पाउने उनी बताउँछन् । गाउँ गाउँमा स्वतन्त्र र सक्षम युवाहरुको पक्षमा जनलहर भएको बताउँदै आफूलाई सबै खाले नगरवासीहरुले भोट दिएर जिताउने उनले बताएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस