Wednesday, February 12, 2025
निर्वाचनसुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी / आज आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ ।

सुनसरी जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् । मतदाता मध्य चारवटा निर्वाचन क्षेत्रमा करीब ६५ प्रतिशत मत खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नम्बर १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको छ । आज राति सर्वदलीय बैठक बसेर आजबाट मतगणना जारी हुने भएको छ ।

सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने र सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने भएको छ । जम्मा मतगणना आउन बाकी रहेेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस