Wednesday, February 12, 2025
निर्वाचनयस्तो छ चितवन–२ को बिहान ७ बजे सम्ममको मतपरिणाम बजे

यस्तो छ चितवन–२ को बिहान ७ बजे सम्ममको मतपरिणाम बजे

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् ।

७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस