काठमाडौ, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार रवि लामिछाने १७ हजार ७ सय १६ भोटले अगाडि छन्।
उनले २८ हजार ८ सय ९९ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले ११ हजार १ सय ८३ मत ल्याएका छन् ।
एमालेका कृष्णभक्त पोखरेल तेर्सो मा छन् । उनले ११ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।