सुनसरी / इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सहदेव काफ्ले निर्वाचित भएका छन् ।
जनता बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) का काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् ।
सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राईले ९७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका । निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेल ८७१ मत प्राप्त गरे ।कोषाध्यक्षमा अखिल क्रान्तिकारी अनेरास्ववियुका हेमराज खड्काले ११२० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकतम नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरेका छन् ।
यसैगरी, सदस्यहरुमा अधिकांस नेविसंघका उमेद्वार विजयी भए । केवल लुइटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, सुदिप खतिवडा, सुसान्त पुरी नेविसंघबाट विजयी हुँदा समाजवादी विद्यार्थी युनियनबाट लक्ष्मण लिम्बू र अखिल क्रान्तिकारी अनेरास्ववियुका मनिस चौलागाईं निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार राति आएको हो ।